समाज सुचना प्रविधि

काभ्रेपलाञ्चोकका तीन गाविस ‘स्मार्ट भिलेज’ घोषित

काभ्रेपलाञ्चोक जिल्लाको तीनवटा गाउँ विकास समिति वातावरण मैत्री फुर्तिलो गाउँ -(स्मार्ट भिलेज) का रुपमा घोषणा भएका छन् ।
वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवम् विकास केन्द्रले घोषणा गरेको वातावरण मैत्री फर्ुर्तिलो गाउँमा कृषकले जैविक मल, जैविक विषादीको उत्पादन आफैँले गरेर प्रयोग गर्नुका साथै सूचना, सञ्चार प्रविधिकोसमेत सुविधा लिएका छन् ।

जिल्लाको महादेवस्थान, पात्लेखेत र नयाँगाउँ गाविसमा घोषणा भएको वातावरण मैत्री फर्ुर्तिलो गाउँमा कृषकले सूूचना, सञ्चारको प्रविधिबाट बजारभाउदेखि मौसमको अवस्थाबारेसमेत जानकारी पाउने प्रणाली विकास गरेको वातावरण मैत्री तथा फुर्तिलो गाउँ परियोजनाका संयोजक अर्जुन खनालले जानकारी दिनुभयो । उहाँका अनुसार कृषकले त्यसबाहेक कृषि र पशुसम्बन्धी के, कस्तो रोग लागेको छ भन्ने कुराकोसमेत जानकारी पाउने उल्लेख गर्दै वातावरण मैत्री फुर्तिलो गाउँबाट जैविक मल र जैविक विषादीको प्रयोग गरेर मनग्ये आम्दानी लिएको बताउनुभयो । गत असारमा घोषणा भएको वातावरण मैत्री फुर्तिलो गाउँमा परियोजनाले रु १९ लाख लगानी गरेको र सो बजेट जैविक मल, जैविक विषादी, प्लास्टिक पोखरी, थोपा सिँचाइ, प्लास्टिक टनेल, बीउबिजनलगायतका प्रविधिमा खर्च भएको परियोजना संयोजक खनालको भनाइ छ ।

उहाँले पछाडि परेका विपन्न समुदायका कृषकलाई परियोजनाले प्राथमिकतामा राखेको आँैल्याउँदै ८० प्रतिशत महिला, दलित र जनजाति समुदायका कृषकलाई छनोट गरेर कार्यक्रम सञ्चालन भएको बताउनुभयो । पात्लेखेत गाविसकी कृषक कमला तिमल्सिनाले यस क्षेत्रमा विषादीरहित उत्पादन गरेको जानकारी दिँदै जैविक मल र जैविक विषादीको प्रयोगले उत्पादन नघटेको बताउनुभयो । उहाँले कम्पोस्ट मलदेखि जैविक विषादीसमेत आफैँ तयार गरिने उल्लेख गर्दै खेतीमा उत्पादन लागतसमेत घटेकाले घर व्यवहार चलाउन तरकारीबाट भएको आम्दानीले पुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मैले मासिक रु २० हजार आम्दानी गरेकी छु ।” रासस

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।