समाचार

दुई करोडका सडक दुई महिनालाई

पनौती नगर विकास कोषले नगरपालिकालाई उपलब्ध गराएको अनुदानको विकास रकमबाट निर्माण गरिएको अधिकांश सडक गुणस्तरहीन भए पनि रकम निकासा भएको खुलासा भएको छ ।

पनौती नगरपालिकालाई नगर विकास कोषले पटक पटक ऋण लिएर विकास निर्माण गरेको भन्दै अनुदान बापत २ करोड १२ लाख ४८ हजार रकम अनुदानका रुपमा उपलब्ध गराउने निर्णय गरेको थियो । पनौतीको नगरको २०६८ भदौ २३ गते बसेको बोर्ड बैठकले पनौती नगरका वडा नं १ देखि १३ सम्मका सहायक सडकमा ढुङ्गा छाप्ने कार्यको लगत सहित नगर विकास कोषमा पेश गरेको थियो ।

नगर बोर्डले प्रस्ताव गरेको उक्त निर्माण कार्यलाई कोषले आवश्यक रकम उपलब्ध गराउने निर्णय गरेपछि प्रतिस्पर्धा मार्फत टेण्डर गराई नगरपालिकाले नगरका ६ र ७ नम्वर वडा बाहेक सबै वडाका सहायक सडकमा ढुङ्गा छाप्ने कार्य शुरु गराएको थियो । आर्थिक वर्षको अन्त्यमा निर्माण कार्य सक्ने भन्दा पनि गुणस्तरहिन सडक निर्माण गरी रकम लिने योजनामा ठेकेदार लागेपछि नगरवासीहरुले नगरपालिकामा मौखिक उजुरी गरी पुनः काम गराउन माग गरेका छन् ।

गुणस्तरहिन कामलाई योजना फरफार गरी रकम दिन सिफारिस गर्ने नगरपालिकाका इन्जिनियर प्रेमकुमार सोनाम, सब इन्जिनियर सुदिप थापा र ठेकेदारहरु हस्त लामा, तिर्थ लामा र नगर विकास कोषका विनोद न्यौपाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । साइड इन्चार्ज सुदिप थापाले केहि सडकमा ठेकेदारले सम्झौता अनुसारको काम नगरेको जानकारी दिए । ब्लक अनुसारको ढुङ्गा एउटै साइजको हुनु पर्ने भए पनि कतै कतै नभएको स्विकार गरे । ‘नगरवासीको गुनासो आएकाले केहि सडकको भुक्तानी रोकेका छौं’– उनले भने । नगरपालिकाले ठेकेदारहरुस“ग गरेको सम्झौता अनुसार नगरपालिकाको वडा नम्वर १ मा विस्कुट कारखाना जाने बाटो १४ लाख १८ हजार, वडा नम्वर ११ को ढलमलेदेखि ह्याचरीसम्म १७ लाख २६ हजार ६ सय ६६, वडा नम्वर ५ को कपालकोट ११ लाख ३२ हजार, ८ नम्वर वडाको खरिबोट पुरानो सडक १३ लाख ४१ हजार ५ सय १ मा सम्झौता गरेको थियो । त्यस्तै ९ नम्वर वडाको टिके चोक देखि ठुलो प“धेरो बाटो १३ लाख ३७ हजार ५ सय ९, १० नम्वर वडाको सुन्थान चोक देखि खल्थली सडक ७ लाख ७० हजार ८ सय, ११ नम्वर वडाको रातमाटे सडक १४ लाख १९ हजार ९ सय ८, सोहि वडाकै सतिमार्ग सडक १० लाख ७४ हजार ६ सय १२, वडा नम्वर १३ को कार्की टोल ९ लाख २६ हजार ५ सय ४७, वडा नम्वर २ मा हाइल्याण्ड जाने सडक सोहि क्षेत्रको सुब्बागाउ“को नेवा गाउ  जाने सडकका लागि खानी निर्माण कन्ट्रक्सन, कुशेश्वर र हर्ष कन्ट्रक्सनको अख्तियारी पाएका हस्त लामास“ग २ करोड ९४ हजारमा सम्झौता गरेको थियो ।

हस्त निर्माण ब्यवसायी संघ काभ्रेका अध्यक्ष मात्रै नभई एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य हुन् । तिर्थ नेपाली कांग्रेस काभ्रेका क्षेत्र नम्वर १ का सभापति हुन् । उनिहरुले सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेको भए पनि नगरपालिकाले शक्तिका आधारमा रोक्ने साहस गरेन । विकासको सदुपयोग भन्दा दुरुपयोग धेरै भए पनि कर्मचारीहरुले भटाभट कागज बनाएर रकम निकासा गरिदिनुको पछाडी कमिसनको खेल भएको नगरवासीहरुको गुनासो छ ।

सम्झौतामा अधिकांश सडकमा बनाउने सडकमा नाली बनाउने उल्लेख गरिएको छ । नाली बनेका सडकहरुमा प्रयोग गरिएको मसला कमसल भएकाले निर्माण नसकिदै भत्किन थालेको छ । सडकमा क्युरिङ गर्ने सम्झौता भए पनि गरिएको छैन । इन्द्रावती खोलाबाट १० सेन्टी बराबरको एउटै साइजको ढुङ्गा छाप्ने शर्त भए पनि बेसाइजका ढुङ्गा छापेर सडकमा साना साना सवारी साधन नै गुडाउन समस्या पारिएको छ । जमिनमा रोलर लगाएर सम्म बनाएपछि मात्रै ढुङ्गा विछ्याउने, व्रेक वक्स राख्ने, सडकमा छापिएको ढुङ्गाको लेभल एउटै बनाउने, अरसिसी ढलान ६ इन्च बनाउने जस्ता सम्झौता भए पनि ठेकेदारले केहि गरेका छैनन । ६ इन्च ढलान ४ इन्चको बनाएर विचको खर्च झ्वाम पारिएको छ । निरिक्षणमा खटिने सबैलाई ठेकेदारहरुले किनेको चर्चा गरिदैछ ।

सम्झौता अनुसार सडक नबनेपछि कार्य सम्पन्नको अन्तिम किस्ताको बिल के गर्ने भन्ने विषयमा नगर भित्र विवाद शुरु भएको छ । नगरपालिका आफैले पटक पटक ठेकेदारलाई जानकारी गराउ“दा समेत यसो चिया खाएर गफ गरौला भन्दै ठेकेदार उम्कने गरेको श्रोतले जानकारी दियो । बनिनसक्दै सडक भत्किएपछि नगरविकास कोषको अनुदान विकासका लागि भन्दा विनासका लागि भएको नगरवासीहरुले बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।