स्वास्थ्य

नेपालमा कोरोना भाइरस संक्रमित तेस्रो व्यक्ति भेटियो

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सुचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरेका हुन । ती व्यक्ति अहिले टेकु अस्पतालमा उपचाररत छन्।

संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष हुन् । उनी चैत ६ गते युएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । दुबईबाट नेपाल आएर केही दिन होटलमा बसेको खुल्न आएको छ। उनी बसेको होटल र सवार विमानमा यात्रा गरेकाहरुको ट्रेसिङ गर्ने काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस सँगै नेपालमा कोभिड-१९ को सक्रमित संख्या तीन पुगेको छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।