साहित्य

सिर्जना प्यारो देउपुर

सुन्दर एउटा गाँउ नगरकोट शिर पूर्णिमाको जुन जस्तै मेरो देउपुर ब्रह्रमायणी, तपेश्वर, दुई आखाँका ज्योति सफा सुग्घर भूगोल यो जस्तै हिरा मोति ।।१।। ढाडखोला र चाखोलाको लाग्छ धेरै माया दशै धारा बग्छन यहाँ दुवै दाया बायाँ अविरल वगिरहने नदि इन्द्रावती हराभरा देउपुर बग्ने गर्छि...न सहमती ।।२।। गौरीशंकर हिमालले हेर्छ दिब्य खोली सुनौलो विहान ल्याउदँछ, देउपुरले आजभोलि पलाञ्चोक र पाल्चोकीको वरदान पाएको हिमालको स्वच्छ हावाले स्वर्गमा झै पुगेको ।।३।।
धनि गरिब सबै जातको साझा फूलबारी देउपुर माता ब्रह्रमायणी हेर्छिन वारीपारी मन्दीरका देवि देवताको चारैतिर बासना लाग्दछ मलाई रमाइलो देउपुरको गैरी विसौना ।।४।।

- लाल चन्द्र ढकाल (केशव)
गैरीविसौना देउपूर गाविस वडा नं. १ काभ्रे पलाञ्चोक एम.वि.एस. प्रथम वर्ष नयाँ वानेश्वर, काठमान्डौं ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।