सुचना प्रविधि

क्यान इन्फोटेक २०६८ काभ्रेमा सुरु

विज्ञान मन्त्री कल्पना धमलाले सरकारले गरेको सूचना प्रविधि उच्चस्तरिय आयोग खारेजी फिर्ता नहुने बताउनुभएको छ। आजबाट काभ्रेको बनेपामा शुरु भएको मिदास क्यान इन्फोटक २०६८ को उद्घाटन गर्दै उहाँले यस्ता बताउँनु भएको हो । बिसौ वर्ष अगाडि गठन भएको आयोगले सोचे जस्तो उपलब्धि हासिल गर्न नसकेपछि बाध्य भएर खारेजी गर्नु परेको मन्त्री धमलाको भनाइ छ। सूचना प्रविधि उच्चस्तरिय आयोग खारेज भएपनि मन्त्रालय जीवितै रहेको बताउँदै उहाँले सूचना प्रविधिको क्षेत्रमा मन्त्रालयले ठोस नीति ल्याउने तयारी गरीरहेको बताउनुभयो।

सूचना प्रविधि उच्चस्तरिय आयोग खारेजीको विषयलाई लिएर हिजो बसेको व्यवस्थापिका संसदको विकास समितिले प्रधानमन्त्री वाबुराम भट्टराइलाई समितिमा बोलाएको छ । संसदीय समितिको निर्देशन उल्लङ्घन गर्नु गम्भीर विषय भएको भन्दै समितिले पुस ४ गते विहान प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो। मन्त्री धमलाकै सिफारिसमा सरकारले गत २६ गते आयोग विघठनको निर्णय गरेको थियो ।

यसैबीच काभ्रेको बनेपामा रहेको आइटी पार्कलाई पूर्ण रुपमा सञ्चालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको समेत मन्त्री धमलाले जानकारी गराउनुभयो। पुस ३ गते सम्म वनेपा पाटी भेन्यूमा हुने मेलामा व्यवसायिक, शिक्षा, प्रायोजक, अफिसियल एवं खानाको गरी जम्मा ५५ वटा स्टलहरु रहेका छन्। कम्प्यूटर एशोसियन अफ क्यान नेपाल काभ्रेले आयोजना गरेको मेलाको ५० हजार दर्शकहरुले अवलोकन गर्ने (क्यान) काभ्रेका अध्यक्ष निरञ्जन मानन्धरले जानकारी दिनुभयो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।