समाचार समाज

लकडाउन १० दिन थप्ने मन्त्रिपरिषद निर्णय - जेठ ५ सम्म बन्दाबन्दी

फाइल तस्बिर : मन्त्रिपरिषद् बैठक

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले हाल भइरहेको लकडाउनलाई १० दिन लम्ब्याउने भएको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दी जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

चैत ११ गतेदेखि सुरु भएको लकडाउनले जनताको जिवन कष्ट्कर भएता पनि बिना मोडालिटी परिवर्तन लगातार पाँचौं पटक थपिएको हो ।

कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको संक्रमण नियन्त्रणको लागी लकडाउनलाई निरन्तरता दिन सिफारिस गरेको थियो ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।