राजनीति

नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

राष्ट्रिय सभा सदस्यका लागि बिहीबार भएको निर्वाचनमा सत्तारुढ दल नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ गण्डकी प्रदेशमा अन्य समुहबाट विजयी भएका छन्।

श्रेष्ठ गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई पराजित गर्दै राष्ट्रियसभाका लागि निर्वाचित भएका हुन्।

श्रेष्ठले ३ हजार ४ सय ६२ मत ल्याउँदा कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याए।

२०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए।

गण्डकीबाट नेकपाकै नेतृ भगवती न्यौपाने पनि विजयी भएकी छन्। उनी नेकपामा महिलातर्फबाट उम्मेदवार थिइन्। न्यौपानेले तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत आएको छ।

उनीहरूबीच मतान्तर एक हजार २६ छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।