राजनीति

हार्ने जित्ने दुबै मिल - देउवा

शेरबहादुर देउवा पक्ष र पार्टीले कारवाही गरेको भनिएका पूर्व सभापति मधु आचार्य पक्षका नेता कार्यकर्ताहरुको कम उपस्थिति रहेको कांग्रेसको चियापानमा पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवाले सबै पक्षलाई मिलेर निर्वाचनमा सहभागी हुन निर्देशन दिए ।

‘आन्तरिक निर्वाचनमा जित हार सबैको हुन्छ, मैले पनि हारेकै हुँ । हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ, जित्नेले हार्नेलाई सम्मान गर्नुपर्छ ।’– देउवाले भने । नयाँ वर्षको अवसरमा बनेपा नगर समितिले आयोजना गरेको चियापान कार्यक्रममा निर्वाचनमा पराजय भोगेका तिर्थ पसखल र कारवाही गरिएका मधु आचार्य लगायतका नेताहरु सहभागि थिएनन् । उनिहरु प्रति लक्षित गर्दै देउवाले निर्वाचनमा फुटेर होइन जुटेर गए मात्रै जित सुनिश्चित भएको बतए । काभ्रेमा देउवा पक्षको नेतृत्व तिर्थ पसखलले गर्दै आएका छन् । संस्थापन पक्षका पार्टी सभापति शिव हुमागाई पनि ब्यक्तिगत रुपमा देउवासँग निकट मानिन्छन् । पार्टीका भित्रका आन्तरिक मतभेदलाई निर्वाचनमा नदेखाउन उनले सुझाव दिए ।

नेता देउवाले कांग्रेसका लागि आगामी निर्वाचन जीवन मरणको सवाल भएको बताए । नेता देउवाले संविधान सभाबाट संविधान बन्न नसक्नुमा कांग्रेस दोश्रो पार्टी हुनुको परिणाम भएको बताए । अझै पनि नेपालमा कानुनको शासन भन्दा पनि माओवादीका कार्यकर्ताहरुको त्रास बा“की रहेकाले आगामी निर्वाचनमा यस्तो त्रासबाट मुक्त हुन कार्यकर्ताहरुलाई अनुरोध गरे । ‘कानुनको शासन नहुने र माओवादीको मात्रै राज चलिरहने हो भने जनता त्रसित हुन्छन र का्रग्रेसले निर्वाचनमा हार्छ, कांग्रेसले हा¥यो भने संविधान सभाबाट पुनः संविधान बन्न सक्दैन’–उनले भने । आगामी निर्वाचनमा कांग्रेस सबै भन्दा ठुलो पार्टी नभई बहुमत प्राप्त गर्ने विश्वास देउवाले कार्यकर्ताहरुलाई दिलाए । देउवाको धर्मपत्नी तथा पूर्व सभासद् आरजु देउवाले एमाओवादीको अराजकता र संविधान सभामा उ ठुलो पार्टी भएकाले संविधान बन्न नसकेको बताइन् । सोहि कार्यक्रममा जिल्ला सभापति शिव हुमागाई, जिल्ला पदाधिकारीहरु, क्षेत्रिय सभापतिहरु र नगर सभापति राम जोशी लगायतले काभ्रेका सबै क्षेत्रमा विजयी गराउन कार्यकर्ताहरुलाई आग्रह गरे ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।