राजनीति

प्रचण्डराज प्रधानद्वारा बनेपा नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको तर्फबाट बनेपा नगरपालिका प्रमुखमा बौद्धिक नेता प्रचण्डराज प्रधानले उम्मेदवारी दिने निर्णय गर्नुभएको छ।

काभ्रेमा प्राज्ञिक तथा बौद्धिक नेताको रुपमा छवि बनाउनु भएका प्रधानले लामो समय नेपाली कांग्रेसको पार्टी पङ्तिमा रहेर काम गर्दै आउनु भएको छ।
२०४८ साल देखि २०७८ सम्मको तीन दशक लामो समय निरन्तर महासमिति सदस्यका रुपमा रहनुभएका प्रधानको नेपाली कांग्रेस भित्र ठूलो योगदान रहेको छ।
२०५७ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिको उपसभापति हुँदै प्रभावकारी भुमिका खेल्दै आउनुभएका नेता प्रधान जनस्तरमा ज्यादै लोकप्रिय हुनुहुन्छ।

नेता प्रधान जिल्ला देखि केन्द्रसम्म नै शेरबहादुर देउवा निकट समुहको ईमान्दार नेताका रुपमा चिनिन्छन, उहाँले गत मंसिरमा सम्पन्न नेपाली कांग्रेसको बाग्मती प्रदेश अधिवेशनमा ईन्द्र बांनियाको समुहलाई विजय गराउनको लागि जिल्लाको तर्फबाट निकै महत्वपूर्ण भुमिका खेल्नु भएको थियो।

प्रधानको आगमन नै बनेपामा कांग्रेसको जित हुनसक्ने बनेपा वासिन्दाले बताउने गरेका छन् । प्रधानले टिकट ल्याउन सक्ने सम्भावनासमेत धेरै देखिन्छ। यसबाहेक बाग्मती प्रदेश महामन्त्री कन्चनचन्द्र बादे निकट शान्ति रत्न शाक्य पनि दाबेदार हुन् ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।