राजनीति

प्रचण्डको पेजबाट हटाइयो कुलमानको फोटो भएको चुनावी पोस्टर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको चुनावी पोस्टर हटाइएको छ।

बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको फोटो भएको चुनावी पोस्टर फेसबुकमा राखेका थिए। माओवादीका अरू नेताहरूले पनि उक्त पोस्टर पोस्ट गरेका थिए।

अहिले उक्त पोस्टर सम्पादन गरेर प्रचण्डको मात्रै तस्बिर राखिएको छ।

आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको भन्दै कुलमानले आपत्ति जनाएका थिए। ‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले सेतोपाटीसँग भने,‘मैले हटाउन भनिसकेको छु।’

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एउटा मोडलका रूपमा उक्त पोस्टर राखिएको बताए। ‘त्यो प्रचार-प्रसारको अन्तिम पोस्टर थिएन,’ महराले भने।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।