खेलकुद

१३औं साग - महिला बक्सिङमा माला राई फाईनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङको ५१ केजी तौल समुहमा नेपालकी माला राईले फाईनलमा स्थान पक्का गरेका छन् ।

सातदोबाटोस्थित कराते हलमा आइतबार भएको बक्सिङ प्रतिस्पर्धा अन्तर्गत ५१ केजी तौल समुहको सेमिफाइनलमा मालाले श्रीलंकाकी अथाउडा अच्चिलागे कोसाला निल्मिनीलाई अंकका आधारमा हराउदै फाइनलमा प्रवेश गरेकी थिइन्।

अब मालाले स्वर्णपदकका लागि सोमबार भारतकी पिङ्की रानीसँग प्रतिस्पर्धा गर्नेछिन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।