खेलकुद

१३औं साग – अन्तिम सेटमा सम्हालिएर नखेल्दा महिला भलिबलमा नेपाल रजत पदकमा सिमित

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली भारतसँग पराजित हुदै रजत पदमा चित्त बुझाउन बाध्य भएको छ ।आज त्रिपुरेश्वर स्थित कभर्डहलमा भएको खेलमा भारतसँग ३–२ को सेटमा नेपाल पराजित भएको हो।

पहिलो सेट १७–२५ ले गुमाएको नेपालले खेलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो र तेस्रो सेटमा जितेको थियो। दोस्रो सेटमा नेपालले २५–२३ र तेस्रो सेटमा २५–२१ ले जित हात पारेको थियो। तर चौथो सेट भारतले २५-२० को जित निकाल्यो र पाँचौ सेट भारतले १५-६ ले जित्दै स्वर्ण पदक आफ्नो पक्षमा पार्‍यो।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।