खेलकुद

१३औं साग - नेपालद्वारा भुटान १४१ रनले पराजित, कप्तान ज्ञानेन्द्रले हाने सतक

१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको शतकिय पारीको मद्वतले नेपालद्वारा भुटान १४१ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको नेपालले भुटान विरूद्ध २३६ रनको बिशाल योगफल बनाएको छ । जवाफमा भुटानले पुरा २० ओभर खेलेर ६ विकेटको क्षतिमा मात्र ९५ रन बनाउन सक्यो । यो सँगै कप्तान ज्ञानेन्द्र मल्ल टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ज्ञानेन्द्रले जम्मा ५२ बलमा ५ चौका र ९ छक्का को का साथ सतक हानेका हुन्। मल्लले ५५ बल खेल्दै १०७ रन बनाएर आउट भए। शतक बनाएका मल्ल खेलको म्यान अफ द म्याच घोषित भए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।