खेलकुद

१३औं साग – टि २० क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो

१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै माल्दिभ्सलाई १६४ रनको चुनौती दिएको थियो।

नेपालका लागि करण केसीले सर्वाधिक ४० रन बनाए भने, दीपेन्द्र सिंह ऐरीले ३९ रनको योगदान गरेका थिए।

जवाफी ब्याटिङमा आएको माल्दिभ्सले ६ विकेट गुमाएर २० ओभरमा ७९ रन मात्रै बनाउन सक्यो। माल्दिभ्सलाई सस्तोमा सिमित गर्ने क्रममा लक्ष्मण राजवंशीले दुई विकेट लिए भने सुसन भारीले एक विकेट लिए।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।