खेलकुद

नेपाल टी-२० लिग विवादमा

काठमाडाैंमा जारी नेपाल टी-२० लिग प्रतियोगिता विवादमा परेकाे छ। खेलाडीहरुले पारिश्रमिक नपाएकाे र म्याच फिक्सिङ भएकाे चर्चासँगै लिग विवादमा परेकाे हाे। नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र सेभेन थ्री स्पोर्टस कम्पनीको व्यवस्थापनमा पुस ९ गतेदेखि लिग सुरु भएकाे थियाे।

विवादका कारण मंगलबार विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सबीचकाे खेल केही समय राेकिएकाे थियाे। मंगलबार साँझसम्म खेलाडीले पारिश्रमिक पाउने आश्वासनपछि खेल ९ ओभरमा झारेर खेलाइएकाे थियाे।

खेल सकिनासाथ नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्व कप्तान तथा जारी लिगमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमको एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएकाे बताए।

मल्लले मात्र हाेइन क्रिकेट ​कमेन्टेटर सचिन तिमल्सिनाले मंगलबार नेपाल टी-२० लिगमा फिक्सिङ भइरहेको कुरा भिडियाेमार्फत सार्वजनिक गरे। क्रिकेटलाई गलत तरिकाले प्रयोग गरेर फिक्सिङ गराउने क्रियाकलाप भइरहेको आफूले देखेको तिमल्सिनाले भिडियाेमा दाबी गरेका छन्।

गृहमन्त्रालयले साे विषयमा छानबिन गर्न प्रहरीलाई निर्देशन दिइसकेकाे छ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।