खेलकुद

१३औं साग – पुरुष बक्सिङमा भुपेन्द्र थापाले जिते स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालका भुपेन्द्र थापाले पुरुष बक्सिङमा नेपाललाई स्वर्णपदक दिलाएका छन्।

६४ केजी तौल समूहमा खेलेका भुपेन्द्रले भारतीय खेलाडी मनिष कौशिकलाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् । पुरुष बक्सिङ स्पर्धाको यो स्वर्ण नेपालले २० वर्षको अन्तरालमा हात पारेको हो ।

१३ औं सागमा नेपालको लागि बक्सिङमा यो दोस्रो स्वर्णपदक हो । यसअघि सोमबार महिला बक्सिङमा मिनु गुरुङले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन्।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।