सुचना प्रविधि

काभ्रेमा क्लासिक टेक

classic-techबनेपा सुचना प्रविधिमा फड्को मारिरहेका बेला क्लासिक टेकले काभ्रेबासीहरुका लागि वायरलेस इन्टरनेट शुरु गरेको छ ।

विशेषगरी बनेपा, पनौती, धुलिखेलका ग्राहकहरुका लागि पहिलो प्राथमिकतामा राखेको उक्त कप्पनीले १ मेगावाईट प्रति सेकेण्ड चल्ने इन्टरनेटको प्रति महिना एक हजार मात्रै लिने बताएको छ । नेपालमै पहिलो पटक सस्तो र गुणस्तरिय सेवा दिन शुरु गरेको कम्पनीले काभ्रेवासिहरुका लागि अझै थप सुविधा दिने बताएको छ ।

मार्केटिङ्ग म्यानेजर कपिल गिरीका अनुसार बनेपामा यो सेवा शुरु भएको छ । काभ्रेका व्रान्च म्यानेजर सागरनाथ उपाध्यायका अनुसार अरु इन्टरनेट प्रदायक कम्पनीहरु भन्दा फरक, सस्तो र गुणस्तरिय सेवा दिन शुरु गरिएको बताए ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।