पर्यटन

पर्यटन गुरुयोजनाको अन्तिम तयारीमा

आगामी पाँच वर्षमा काभ्रे जिल्लालाई पर्यटकिय हिसाबमा कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा काभ्रे जिल्लाको पाँच वर्षिय पर्यटकिय गुरु योजना तयारीको अन्तिम चरणमा पुगेको छ ।

जिल्ला विकास समितिको कार्यालय काभ्रे र पर्यटन मन्त्रालय अन्र्तगत तारागाउँ विकास समितिको सहयोगमा काभ्रे जिल्लाको पाँच वर्षिय पर्यटकिय गुरु योजनाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला विकास समितिको कार्यालय काभ्रेले जनाएको छ । मन्त्रालयले काभ्रे, पर्वतलगायतका पर्यटकिय महत्व बोकेका देशका पाँच जिल्लामा प्रति जिल्ला दुई-दुई लाख रुपैँया सहयोग गरेर पर्यटकिय गुरु योजना बनाउन सुरु गरेको हो । मन्त्रालयको दुई लाख रुपैँया र जिविस काभ्रेको तीन लाख गरि कूल पाँच लाख रुपैँयाको लगानीमा काभ्रेको पाँच वर्षिय पर्यटन विकास गुरुयोजना तयार गर्न लागिएको हो । गुरुयोजना निर्माणको जिम्मेवारी पाएको तारागाउँ विकास समितिले विभिन्न विषयका विज्ञहरु ल्याई जिल्लाको पर्यटकिय स्थानको स्थलगत अध्ययन गरेको जिविसले जनाएको छ । समितिले जिल्लामा रहेका सरोकारवालाहरुसँग दुई चरणमा पर्यटन विकास गुरुयोजनाका बारेमा छलफल गरेका थिए । जिल्लाका पर्यटन विकासको गुरुयोजना तयार भएपछि सरकारी, स्थानीय र नीजि क्षेत्रले जिल्लाको पर्यटकिय क्षेत्रको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । काभ्रे पर्यटकिय सम्भाव्यता बोकेको जिल्ला भएपनि विभिन्न संघ संस्था र निकायले निश्चित योजना बिना नै काम गरेकाले एउटा योजनाबद्ध ढंगले जिल्लामा पर्यटकिय विकास गर्न गुरुयोजना तयार पारिएको जिविस काभ्रेले जनाएको छ । काभ्रेमा पर्यटकिय महत्व बोकेका स्थानहरुमा ढुंखर्कको नारायणस्थान, तिमाल, धुलिखेल, नगरकोट आदि रहेका छन् । गुरु योजनामा अबको पाँच वर्षमा काभ्रेलाई पर्यटकिय हिसाबाले कहाँ पु-याउने भन्ने कुरा समावेश हुनेछ ।

न्युजमाण्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsmandu@gmail.comमा इमेल गर्न सक्नुहुनेछ । साथै तपाईले आफ्नो विचार, विश्लेषण, लेख रचना, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाई फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

न्यूजमान्डु नेपाली भाषाको अनलाइन समाचार पोर्टल साइट हो । हामी स्थानिय समाचार देखि प्रवास सम्मका खबरहरुलाइ महत्त्वका साथ सम्प्रेस्सन गर्दछौ।